काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केही समूहले आफ्नो पार्टीलाई ‘च्यालेन्ज’ गरेकाले सडक प्रदर्शनमा आउनुपरेको जनाएका छन्।
बाग्मती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंको प्रदर्शनलाई ‘कास्टिङ’ मात्रै भएकोसमेत जनाएका छन्।
“केहीले काठमाडौंको सडकमा प्रदर्शन गरेर भने कि हामी यहाँ छौं, तिमीहरू कहाँ छौ भनेर सोधेपछि कार्यक्रम गर्नै पर्ने परिस्थिति बन्यो,” प्रधानमन्त्री ओलीले भने, “मैले पहिला नै भनेको थिएँ– अब २३ गतेको आमसभा हेर्नुहोस्, यो सभा एउटा कास्टिङ मात्रै हो, काठमाडौंका सबै स्थानमा स्क्रिन राखेर काठमाडौं भरका आमसभा गर्नुपर्ने परिस्थिति आउन पनि सक्छ।”
उनका अनुसार आगामी फागुन १ गते बुटवल र फागुन ८ गते विराटनगरमा अर्को सभा थप हुनेछ।
“आलोचक मित्रलाई मन थामेर बस्न पनि आग्रह गर्दछु, हेर्दै जानुहोस्– नेपाल अब कस्तो बन्नेछ,” प्रधानमन्त्री ओलीले भने, “समाजवादउन्मुख देश बनाउनका लागि कसैले रोक्न सक्दैन, अब देश अघि बढिसकेको छ।”
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केही समूहले आफ्नो पार्टीलाई ‘च्यालेन्ज’ गरेकाले सडक प्रदर्शनमा आउनुपरेको जनाएका छन्।बाग्मती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंको प्रदर्शनलाई ‘कास्टिङ’ मात्रै भएकोसमेत जनाएका छन्।

">