काठमाडौं। प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले जनताको सवाल र सरकारको कमीकमजोरीबारे आवाज उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भताभुङ्ग’ गरिदिएको बताएका छन्।
प्रतिनिधिसभा विघटनलाई संकेत गर्दै नेपालले त्यसो गर्नुको पछाडि प्रधानमन्त्रीमा प्रशंसा सुन्ने बानी कारक रहेको बताए।
“केपी शर्मा ओली आलोचना सुन्नेबित्तिकै आक्रमक हुन्छन्, प्रशंसा सुन्ने बानी छ, त्यो बानीले बिगार्दै, बिगार्दै लग्यो,” फेसबुक लाइभमा आएका नेपालले भने, “हामीले पार्टीभित्र जनताको विषय र सरकारको कमीकमजोरीको विषयमा आवाज उठायौं, त्यसले गर्दा उहाँले भताभुङ्ग गर्नुभयो।”
उनले संविधानमा नलेखिएको विघटनको कुरा प्रधानमन्त्रीको अन्तर्निहीत अधिकार नहुने बताए।
अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन हुँदा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो।
उनले आफूहरू संविधानको पक्षमा, गैर-संवैधानिक आचरणको विरुद्ध र निरंकुश प्रवृत्तिको विरुद्धमा रहेको भन्दै केही राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविलगायतसँग सहकार्य गरी अगाडि बढ्ने बताए।
" /> काठमाडौं। प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले जनताको सवाल र सरकारको कमीकमजोरीबारे आवाज उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भताभुङ्ग’ गरिदिएको बताएका छन्।प्रतिनिधिसभा विघटनलाई संकेत गर्दै नेपालले त्यसो गर्नुको पछाडि प्रधानमन्त्रीमा प्रशंसा सुन्ने बानी कारक रहेको बताए।

">