काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्धको जनभावना शुभेच्छुक संगठनहरूले गरेको प्रदर्शनले अभिव्यक्त गरेको बताएका छन्।
कांग्रेसको शुभेच्छुक संगठनहरूले देशभर आज गरेको प्रदर्शनपछि सभापति देउवाको उक्त अभिव्यक्ति आएको हो।
देउवाले प्रदर्शनले कोभिड-१९ नियन्त्रणमा सरकारको असफलता र कूशासनविरुद्धको जनभावना पनि अभिव्यक्त गरेको दाबी गरे।
प्रदर्शनमा सहभागी भएकाहरूप्रति देउवाले आभार प्रकट गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसको शुभेच्छुक संगठनहरूले आज प्रदर्शन गरेको हो।
आगामी फागुन ३ गते भने पार्टीको जिल्ला कार्य समितिहरूले प्रदर्शन गर्ने भएको छ। सभापति देउवाले उक्त प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपील गरेका छन्।
सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्धको जनभावना शुभेच्छुक संगठनहरूले गरेको प्रदर्शनले अभिव्यक्त गरेको बताएका छन्।कांग्रेसको शुभेच्छुक संगठनहरूले देशभर आज गरेको प्रदर्शनपछि सभापति देउवाको उक्त अभिव्यक्ति आएको हो।

">