काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले शुक्रबार नारायणहिटी सङ्ग्रहालय अगाडि गरिएको वृहत जनसभा सफल बनाएकोमा सवैलाई धन्यवाद ज्ञापन गरेको छ।
कमिटीका अध्यक्ष आनन्द पोखरेलले आज विज्ञप्ति जारी गर्दै वृहत सभा सफल बनाएकोमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सञ्चारकर्मी, नागरिक समाज र जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।
काठमाडौंका ट्राफिक जामका कारण आवतजावतमा असहज अवस्थामा पनि सहजताका साथ कार्यक्रम सफल बनाउन समर्थन र सद्भावसहित सहयोग गर्ने काठमाडौं उपत्यकालगायत सवै समुदायप्रतिसमेत धन्यवाद व्यक्त गरेको छ।
नेकपाले “अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ नारायणहिटी सङ्ग्रहालय अगाडि शुक्रबार सभा गरेको थियो।
रासस
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले शुक्रबार नारायणहिटी सङ्ग्रहालय अगाडि गरिएको वृहत जनसभा सफल बनाएकोमा सवैलाई धन्यवाद ज्ञापन गरेको छ।कमिटीका अध्यक्ष आनन्द पोखरेलले आज विज्ञप्ति जारी गर्दै वृहत सभा सफल बनाएकोमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सञ्चारकर्मी, नागरिक समाज र जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

">