काठमाडौं। सरकारले संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेको भन्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दर्ता गराएको मुद्दामा आज सुनुवाइ हुँदै छ।
सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा तोकिएको छ।
मुद्दामा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय, मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाएका छन्।
सरकारले शृंखलाबद्ध संविधानको उल्लंघन गरेको र संविधानको रक्षाका लागि भन्दै सापकोटाले शुक्रबार मुद्दा दायर गरेका हुन्।
उनले रिट निवेदनमा संसदीय सुनुवाइबिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिँदा राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्नुका साथै संविधानको उल्लंघन भएको जिकिर गरेका छन्।
सरकारले संसद् विघटन असंवैधानिक तवरले गर्दा प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिमा आयोगहरूमा सरकारले सिफारिस गरेका पदाधिकारीहरूको सुनुवाइ हुन नसकेको बाध्यात्मक स्थिति निम्तिएको पनि उनले प्रस्ट्याएका छन्।
सापकोटाले संवैधानिक परिषद्का निर्णयहरूलाई रहस्यमयी भएको टिप्पणीसमेत गरेका छन्।
" /> काठमाडौं। सरकारले संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेको भन्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दर्ता गराएको मुद्दामा आज सुनुवाइ हुँदै छ।सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा तोकिएको छ।

">