काठमाडौं। प्रदेश १ अन्तर्गत प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदीपकुमार भण्डारीको आदेशअनुसार बैठक बोलाइएको बताए।
उनका अनुसार बैठक दिउँसो २ बजेपछि प्रदेशसभा सचिवालय विराटनगरमा बस्ने छ।
यसअघि गत माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको थियो।
आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नकपा) प्रचण्ड समूहका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ।
गत पुस १४ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीपक्षीय मुख्यमन्त्री राई आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई असफल बनाउने तयारीमा छन्।
प्रचण्ड समूह भने प्रस्ताव पास गराउने प्रयासमा छ।
" /> काठमाडौं। प्रदेश १ अन्तर्गत प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदीपकुमार भण्डारीको आदेशअनुसार बैठक बोलाइएको बताए।

">