तम्घास। गुल्मीमा अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन्। हाल यहाँ कूल दुई लाख १२ हजार दुई सय ४९ मतदाता रहेका छन्। यसभन्दा अगाडि वि.सं. २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार तीन सय ४२ मतदाता रहेका थिए।
अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन। सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिए।
वि.सं. २०७४ मा एक लाख ९६ हजार तीन सय ४२ मतदाता रहेकामा एक लाख एक हजार छ सय ६१ जना महिला, ९४ हजार छ सय ८० पुरुष तथा एक जना यौनिक तथा अल्प सङ्ख्यक थिए भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ मतदाता थिए भने क्षेत्र नं २ मा ९० हजार नाै सय १७ मतदाता रहेका थिए।
जिल्लामा निर्वाचनका लागि १२ वटा नयाँ मतदानस्थल थप गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ। रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन/तीन वटा, चन्द्रकोट र सत्यवतीमा दुई/दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक/एक वटा केन्द्र थप गर्न सिफारिस गरिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए।
यसभन्दा अगाडि एक सय ३८ मतदानस्थल रहेकामा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कूल मतदानस्थलको सङ्ख्या एक सय ५० हुनेछ। निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकालाई आगामी निर्वाचनका लागि मतदाताका रुपमा योग्य ठहर गरेको छ। रासस
" /> तम्घास। गुल्मीमा अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन्। हाल यहाँ कूल दुई लाख १२ हजार दुई सय ४९ मतदाता रहेका छन्। यसभन्दा अगाडि वि.सं. २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार तीन सय ४२ मतदाता रहेका थिए।अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन। सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिए।

">