काठमाडौं। दुई मिनेट बसेर प्रदेश १ को प्रदेश सभाको बैठक स्थगित भएको छ।
बैठक दिउँसो २ बजे बसेको थियो। बैठक सुरु भए लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले स्थगित गरे। त्यसअघि प्रदेशसभाको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक करिब चार घण्टा बसेको थियो। उक्त बैठकको सहमतिअनुसार बैठक स्थगित भएको नेकपाका प्रमुख सचेतक बुद्धि राजभण्डारीले बताए।
बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई संसदमा पेस गर्ने नेकपाको प्रचण्ड-माधव समूह र ओली पक्षबीच सहमति भएको छ। अब, प्रदेशसभाको अर्को बैठक आगामी फागुन ९ गते बस्ने छ।
" /> काठमाडौं। दुई मिनेट बसेर प्रदेश १ को प्रदेश सभाको बैठक स्थगित भएको छ।बैठक दिउँसो २ बजे बसेको थियो। बैठक सुरु भए लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले स्थगित गरे। त्यसअघि प्रदेशसभाको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक करिब चार घण्टा बसेको थियो। उक्त बैठकको सहमतिअनुसार बैठक स्थगित भएको नेकपाका प्रमुख सचेतक बुद्धि राजभण्डारीले बताए।
बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई संसदमा पेस गर्ने नेकपाको प्रचण्ड-माधव समूह र ओली पक्षबीच सहमति भएको छ। अब, प्रदेशसभाको अर्को बैठक आगामी फागुन ९ गते बस्ने छ।
">