काठमाडौं। वरिष्ठ अधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनको विषयमा मान्छेको धारणा र यथार्थता फरक हुने बताएका छन्। उनले मन्त्रीपरिषद्को सदस्यबाटै गलत खालको धारणा सार्वजनिक हुने गरेकाले विघटनका लागि सहयोग पुगेको तर्क गरे।
उनले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीले स्थायित्वको लागि गर्नसक्ने कामहरू पहिलो संविधानसभामा छलफल भएको बताए । बडालले विधायिकी मनसायलाई आधार मानेर इजलासमा तर्क गरेका थिए ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार भएकाले पहिलो संविधानसभामा छलफल भएको तर्क गरे । उनले पहिलो संविधानसभामा भएका छलफलहरूको बारेमा इजलासलाई जानकारी गराएका थिए ।
संसदीय शासन प्रणालीलाई शक्ति पृथकीकरण नहुने भन्ने शासकीय स्वरूपमा उल्लेख भएको उनको तर्क थियो ।
उनले 'वेस्ट मिनिस्टिरियल' प्रणालीको उदाहरण दिँदै प्रधानमन्त्रीलाई अन्तरनिहित अधिकार हुने तर्क गरे । हाम्रो प्रणाली पनि त्यस्तै भएकाले प्रधानमन्त्रीमा विघटनको अधिकार भएको तर्क गरे ।