धनगढी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन्।
प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै मन्त्री भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेको बताए।
नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका मन्त्री भट्टले सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माँझ जान्छु भन्दा टाउको दुखाइ भएको बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नपाएर केही नेता नेकपाबाट चोइटिएर गए पनि देशभर पुनर्गठन गरेर पार्टीमा नयाँ गति दिन सकिने बताए। नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले नेकपाको मूल पार्टी प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै रहेकाले कार्यकर्तालाई कुनै भ्रम नराख्न आग्रह गरे। नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमले नयाँ राजनीतिक परिस्थितिलाई मनन् गरेर ताजा जनादेशका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे।
प्रेस सङ्गठनका संयोजक गणेश बस्नेतले अधिकांश श्रमजीवी पत्रकारले अहिलेसम्म पनि आफूले गरेको कामको न्यूनतम पारिश्रमिक नपाएको भन्दै यथाशक्य पारिश्रमिक दिन आग्रह गरे। कार्यक्रममा संगठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, केन्द्रीय नेता गणेश पाण्डेलगायतले भेलामा बोलेका थिए।
संगठनका प्रदेश इञ्चार्ज हेमन्त पौडेलको अध्यक्षतामा जारी भेलाले प्रदेश कमिटी र विभिन्न जिल्लामा विस्तार पुनर्गठन गर्ने जनाइएको छ ।
रासस