तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय शासन प्रणालीले विकासको गति बढाएको बताए।
तनहुँको भानु नगरपालिका-५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको आज शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पहिलो पटक लागू भएको संघीय शासन प्रणालीले प्रत्येक स्थानीय तहमा विकासको गति बढेको बताए।
तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री गुरुङले दीगो विकासको लागि काम गर्न आग्रह गरे।
गण्डकी प्रदेशमा कर्मचारीको अभावका कारण सोचेजति काम गर्न नसकिएको स्वीकार्दै मुख्यमन्त्री गुरुङले संघीयताको ढाँचामा काम गर्न कर्मचारीलाई प्रशिक्षित नगरिएकाले समस्या आएको बताए।
विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरे। भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायतले निर्धारित समयभित्रै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।
नगरस्तरीय अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड छ लाख ८२ हजार विनियोजन गरेको छ। १५ शैय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत र २७ स्वास्थ्यकर्मी खटिनेछन्।
रासस
" /> तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय शासन प्रणालीले विकासको गति बढाएको बताए।तनहुँको भानु नगरपालिका-५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको आज शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पहिलो पटक लागू भएको संघीय शासन प्रणालीले प्रत्येक स्थानीय तहमा विकासको गति बढेको बताए।

">