काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई कसैको दबाब र धम्कीबाट नडराउन आग्रह गरेका छन्। उनले तोकिएकै मितिमा निर्वाचन हुने भएकोले तयारी नरोक्न पनि आयोगलाई भनेका छन्।
“निर्वाचन आयोग दबाब वा धम्कीबाट प्रभावित हुनु आवश्यक छैन,” निर्वाचन आयोगमा आज प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचनको विषयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले भने, “निर्वाचनको तयारी कार्य रोक्न जरूरी छैन। सर्वाेच्च अदालतले स्थगनको आदेश गरेको छैन। निर्वाचन हुन्छ।”
निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्न प्रधानमन्त्री ओली आज विहान ११ बजेतिर निर्वाचन आयोग पुगेका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र अन्य आयुक्तहरुसँग उनले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा निर्वाचन र नेकपाको आन्तरिक विवादका विषयमा छलफल गरेका थिए।
उनले आयोगका पदाधिकारीलाई दुई चरणमा हुने निर्वाचनलाई लिएर कुनै अन्योलमा नपर्न आग्रह गरेका थिए। उनले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने हिजो मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी समेत आयोजका पदाधिकारीलाई जानकारी गराएका थिए।
“कामको प्रगति सन्तोष छ। निर्वाचन गराउन आवश्यक पर्ने आर्थिक र साधनस्रोतमा कमी हुँदैन। समयमै मतपेटिकाको उचित व्यवस्थापन गर्नुपर्छ,” छलफलमा प्रधानमन्त्री ओलीको भनाई उद्वृत गर्दै सहभागी आयोगका एक आयुक्तले देखापढीसँग भने।
अघिल्लो पटकको निर्वाचनमा उल्टो स्वस्तिक चिन्ह राखेको उनले आपत्ति जनाए। यस्तो गल्ती गर्नेलाई आयोगले कारवाही गर्नुपर्ने सुझाव उनले दिए। स्वस्तिक चिन्ह उल्टो राख्नलाई उनले अपराधको संज्ञा दिएका थिए।
“मिलिभगतका समस्या पनि हुन्छन्। तिनमा समयमै ध्यान पुग्नु जरूरी छ,” प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीहरुलाई भने।
यसअघि निर्वाचन परिणाम शीतल निवास पुग्न सवा महिना लागेकोमा उनले आपत्ति समेत जनाएका थिए। उनले उक्त कार्य गलत भएको जनाए।