काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले आज काठमाडाैंकाे भृकुटीमण्डपमा विरोधसभा गर्दै छ।
विरोधसभालाई ‘विशाल शक्ति प्रदर्शन’ भनिएको छ, जहाँ दुई लाख बढी मानिस उतार्ने प्रचण्ड समूहको दाबी छ। यसका लागि देशभरबाट पार्टीका नेता कार्यकर्ताहरूलाई काठमाडौं ल्याइएको छ।
प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाइबिना संवैधानिक निकायहरूमा भएको नियुक्तिको विरोधमा प्रचण्ड समूहले आन्दोलन गरिरहेको छ। सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई प्रतिगमनको दिशामा लगेर प्रतिक्रान्ति निम्त्याएको भन्दै त्यसविरुद्ध प्रचण्ड समूहले शक्ति प्रदर्शन गर्न लागेको हो।
सभालाई समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन्।
नेताहरूको सम्बोधन सुन्न र हेर्न मिल्ने गरी तीन वटा डिजिटल स्क्रिन सहभागीहरूका लागि राखिएको छ।
नेता सूर्य सुवेदीका अनुसार स्क्रीनहरू पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा राखिएको छ। रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक राखिने भएको छ।
सुनधाराको जुलुस नेतृत्व प्रचण्ड-माधवले गर्ने
विरोधसभामा आउने मूल जुलुस दुई ठाउँबाट निस्कने जानकारी दिइएको छ। सोचेभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी हुने भएपछि दुई ठाउँबाट मूल जुलुस निकाल्ने तयारी भएको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष समितिका सदस्य सुवेदीले जानकारी दिए।
उनका अनुसार मूल जुलुस सनधाराबाट रत्नपार्क हुँदै सभास्थल भृकुटीमण्डप आउनेछ। केशरमहलबाट अर्को मूल जुलुस सिधै सभास्थल जानेछ।
अध्यक्षद्वय प्रचण्ड र नेपालले सुनधाराको जुलुस र केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराईलगायत नेताहरूले केशरमहलबाट निकालिने जुलुसको नेतृत्व गर्ने भएका छन्। काठमाडौंको अन्य विभिन्न ११ ठाउँबाट जुलुस निकालिने उनले बताए।
प्रतिनिधिसभा विघटनपछि उक्त समूहले गत माघ ९ गते काठमाडौंमा प्रदर्शन गरेको थियो। त्यसअघि पनि विभिन्न चरणमा विरोध कार्यक्रमहरू सम्पन्न गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ। यद्यपि, निर्वाचन आयोगले पार्टी विभाजनको मान्यता दिन अस्वीकार गरेको अवस्था छ।
प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका कारण सरकारले काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जाने निर्णय गरिएको बताउँदै आएका छन्। तर, प्रचण्ड समूहले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको बताउँदै आएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथिको सुुनुवाइ चलिरहेको छ। यता सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने तयारी अगाडि बढाइसकेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले आज काठमाडाैंकाे भृकुटीमण्डपमा विरोधसभा गर्दै छ।विरोधसभालाई ‘विशाल शक्ति प्रदर्शन’ भनिएको छ, जहाँ दुई लाख बढी मानिस उतार्ने प्रचण्ड समूहको दाबी छ। यसका लागि देशभरबाट पार्टीका नेता कार्यकर्ताहरूलाई काठमाडौं ल्याइएको छ।

">