काठमाडौं। ‘मैदान किधर है भैया? बहुत मुश्किल मे हुँ।’ वीरगन्ज-पोखरा लेखेको ठूलो बसबाट कोटेश्वर तीनकुनेमा बुधबार विहान सात बजे ओर्लिएका बाराका इसा मोहम्मद र जलिल मोहम्मद शौचालयको खोजमा थिए। तर, कहाँ सजिलै पाउनु सार्वजनिक शौचालय काठमाडौंमा! तिनले शरीर हल्का पार्ने ठाउँ पाउनु कठिन थियो। शौचालयको खोजमा ती तीनकुनेबाट मिनभवनतिर लम्किरहेका थिए।
तिनका खुट्टामा न जुत्ता थियो न त जिउमा कुनै तातो कपडा नै! माघ महिनाको काठमाडौंको जाडोले तिनको शरीरमा सिधै आक्रमण गरिरहेको थियो। वेस्टकोट लगाएका जलिल र पुरानो तथा मैले स्वीटरमा राजधानी छिरेका इसा दुवैजनालाई चिसोले तर्साइरहेको थियो। तिनको खुट्टामा थियो पुरानो चप्पल। नांगो खुट्टाबाट शरीरमा प्रवेश गरिरहेको चिसोले तिनको सातो लिइरहेको थियो।
हाइनेक, बाक्लो स्वीटर, बाक्लै मोजा र जुत्तामा ठाँटिएर मर्निङ वाक’ गरिरहेको पंक्तिकारलाई सरकारको विरोधका लागि झण्डै अढाइसय किलोमिटर परबाट ल्याइएका ती दुई मुसलमान दाजुभाइसँग कुरा गर्ने हुटहुटी जागिहाल्यो। ती दुवैलाई नेपालीमा बोल्न आउँदैनथ्यो, धन्न हिन्दी भने तीनले बोल्थे।
‘किन आउनुभएको काठमाडौं?'
‘केपी ओलीको विरोध गर्न।’
‘किन गर्ने विरोध?’
‘थाहा छैन।’
‘के पाइन्छ विरोध गरेर?’
‘खै! काठमाडौं देख्न पाइयो।’
‘कसको समर्थन गर्न यहाँ आएको हो त?’
उनीहरुले जवाफ दिएनन्। सायद उनीहरूलाई पुष्पकमल दाहाल, माधव नेपाल वा अन्य नेताको नाम थाहा थिएन। विरोध प्रदर्शन गरेपछि देशमा के परिवर्तन हुन्छ भन्ने पनि तिनलाई थाहा थिएन।
‘कसले भनेर काठमाडौं आएको?’
‘हेडमास्टरले।’
‘हेडमास्टरको नाम?’
‘राजेन्द्र प्रसाद।’
‘कुन स्कुलको हेडमास्टर?’
‘माध्यमिक विद्यालय।’
दुवैजनालाई विद्यालयको नाम पनि थाहा थिएन। तिनले अक्षर पनि चिनेका थिएनन्।
‘चुनावमा भोट केमा हाल्नुभएको थियो?’
‘सूरजमा।’
‘बारामा के काम गर्नुहुन्छ?’
‘खेतीकिसानी।’
‘कति जमिन छ?’
‘जमिन आफ्नो छैन, मालिकको जमिनमा काम गर्ने हो। मालिकले दिएको खाने।’
‘घर कहिले फर्कने?’
‘आज दिउँसो जुलुसमा जाने अनि बेलुकी घर फर्कने। बहुत चिसो छ काठमाडौं, बस्न मन लागेन।’
बुधबार मौसम पनि उघ्रिने छाँट थिएन। विहानैदेखि धुम्म बादल लागिरहेको थियो।
सरकारविरोधी तेस्रो पटकको प्रदर्शनमा सहभागी गराउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमा मानिसहरू ओसारिरहेको थियो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दै नयाँ निर्वाचनको तिथिसमेत घोषणा गरेपछि नेकपाको एउटा समूह आन्दोलनमा उत्रिएको छ।
ओलीको कदमको राजनीतिक दलका साथै नागरिक समाजले पनि विरोध गर्दै आएको छ। प्रतिपक्षी नेपाली कांग्रेस र अन्य दलले विरोध गरे पनि सडकमा उत्रिएका छैनन्।
बुधबारको आन्दोलनमा दुई लाख मानिस उतार्ने दाबी प्रचण्ड समूहको रहेको छ। सोही दाबीलाई साकार पार्ने अभियानमा बाराबाट काठमाडौं ल्याइएका हुन् इसा र जलिल पनि।
उनीहरू चढेको बसमा ४० जना रहेको इसाले बताए। ‘‘हेडसरले खेतमा काम गरिरहेको बेला आएर ओलीको विरोधमा जुलुस निकाल्नु छ, काठमाडौं हिँड भन्नुभयो,’’ इसा भन्छन्, ‘‘हेडसरले भनेपछि मान्नै पर्यो नि। खान पनि दिने भन्नुभयो।’’
बुधबार विहानै तीनकुनेको वरिपरी दर्जनौं बस रोकिएका थिए। बाटोमा अन्य सवारी चल्न निकै गाह्रो परिरहेको थियो। फुटपाथ भरिएर मानिसहरू सडकको बीचबाटै हिँडिरहेका थिए। प्रहरीकाअनुसार तीनकुनेमा रोकिएका बसहरूले पाँचसय जनाजतिलाई ल्याएको थियो।
सरकारले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। महामारीको त्रास कायमै छ। अग्रपंक्तिमा खट्नेलाई पहिलो प्राथमिकता दिइरहेको अहिलेको अवस्थामा सर्वसाधारणले खोप कहिले लगाउन पाउँछन् भन्न सकिन्न। खोप लगाएका मानिसलाई समेत मास्क लगाउन र भौतिक दूरी कायम गर्न अनि बेलाबेलामा साबुनपानीले हात धुन या स्यानिटाइजर प्रयोग गर्न सरकारले अनुरोध गरिरहेको छ।
तर, देशका विभिन्न जिल्लाबाट बुधबार राजधानीमा आयोजना हुने विरोध प्रदर्शनमा भाग लिन आएको कसैले पनि मास्क लगाएका थिएनन्। ‘‘मास्क किन लगाउने? हामीले त कहिल्यै लगाएको छैन, कसैले हामीलाई दिएको छैन। मास्क, किन्न पैसा छैन,’’ इसा भन्छन्, ‘‘काठमाडौंमा कोरोना छ भन्ने त सुनेको हो, पहिला वीरगन्जमा पनि थियो। तर, मास्क हामीले लगाएको छैन। उता घरमा कहिलेकाहिँ हात धेरै फोहोर हुँदा धुन्थ्यौं। काठमाडौंमा धेरै चिसो छ। कसरी हात धुनु?’’
मिनभवनको एउटा होटेलमा चिया पिएपछि इसा र जलिलले शौचालय पनि प्रयोग गर्न पाए। ५० वर्षका इसा शौचालय छिरेपछि आफ्नो पालो कहिले आउला भनी ७० वर्षीय जलिल छट्पटिँदै बाहिर कुरिरहेका थिए।
" /> काठमाडौं। ‘मैदान किधर है भैया? बहुत मुश्किल मे हुँ।’ वीरगन्ज-पोखरा लेखेको ठूलो बसबाट कोटेश्वर तीनकुनेमा बुधबार विहान सात बजे ओर्लिएका बाराका इसा मोहम्मद र जलिल मोहम्मद शौचालयको खोजमा थिए। तर, कहाँ सजिलै पाउनु सार्वजनिक शौचालय काठमाडौंमा! तिनले शरीर हल्का पार्ने ठाउँ पाउनु कठिन थियो। शौचालयको खोजमा ती तीनकुनेबाट मिनभवनतिर लम्किरहेका थिए।तिनका खुट्टामा न जुत्ता थियो न त जिउमा कुनै तातो कपडा नै! माघ महिनाको काठमाडौंको जाडोले तिनको शरीरमा सिधै आक्रमण गरिरहेको थियो। वेस्टकोट लगाएका जलिल र पुरानो तथा मैले स्वीटरमा राजधानी छिरेका इसा दुवैजनालाई चिसोले तर्साइरहेको थियो। तिनको खुट्टामा थियो पुरानो चप्पल। नांगो खुट्टाबाट शरीरमा प्रवेश गरिरहेको चिसोले तिनको सातो लिइरहेको थियो।

">