काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको विरोधसभालाई सञ्चालन गर्ने क्रममा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले गल्ती गरेका छन्।
यस गल्तीले उक्त समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल निराश बन्न पुगे। त्यो गल्ती काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोधसभामा आसन ग्रहणको क्रममा भएको हो।
समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यक्रमको प्रमुख वक्ता भनेर सञ्चालक पोखरेलले आसन ग्रहण गराएपछि माधवकुमारलाई भने उनले वक्ताको रूपमा मात्रै आसन ग्रहण गर्न बोलाए।
यसरी प्रमुख वक्ता भन्दा प्रचण्डले आसन ग्रहण जोशपूर्वक गरे, सञ्चालकले वक्ताको रूपमा मात्रै भनेपछि नेपालले अल्छी पारामा आसन ग्रहण गरे। लगत्तै माधवकुमारको छेउमा बसेका उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ उठेर सञ्चालक पोखरेल भएतिर गए।
अध्यक्ष प्रचण्डले सञ्चालक पोखरेलतिर हेरिरहे। माधवकुमारले भने अन्तै हेरिरहे।
उता श्रेष्ठले नजिक गएर केही भनेपछि पोखरेलले भने, “मैले अलिकति गल्ती गरें, हाम्रो दुइटै अध्यक्ष प्रमुख वक्ता हुनुहुन्छ, त्यसैले म आफ्नो गल्तीलाई सच्याउँदै यहाँहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु,” सञ्चालक पोखरेलले थपे, “कामरेड पुष्पमकल दाहाल ‘प्रचण्ड’ र कामरेड माधवकुमार नेपाल पार्टीका दुवै अध्यक्षहरू यस कार्यक्रमका प्रमुख वक्ताहरू रहनुभएको छ।”
त्यसपछि उनले विरोधसभाको अध्यक्षता ग्रहण गर्न विघटित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङलाई बोलाए। अहिले कार्यक्रममा नेताहरूको सम्बोधन जारी छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको विरोधसभालाई सञ्चालन गर्ने क्रममा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले गल्ती गरेका छन्।यस गल्तीले उक्त समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल निराश बन्न पुगे। त्यो गल्ती काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोधसभामा आसन ग्रहणको क्रममा भएको हो।

">