काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संघीयता कुर्सीसँग साटेको भन्दै गम्भीर आलोचना गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले प्रश्न गरेका छन्, “के संविधान पदसँग साटिन सक्छ? के संघीयता खारेज हुन सक्छ?”
हाल प्रचण्ड समूहले गरेको संघर्ष नै त्यसकाविरुद्ध खडा भएको उनले स्पष्ट पारे। संघर्षको उद्देश्य नै संघीयताको रक्षा गर्न र जनताको अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताए।
सम्बोधनको क्रममा उनले सडकबाट उठाइएका आवाजलाई सरकारले सुनेन भने विद्रोह हुने र त्यसले संघीयताविरोधी, जनअधिकारविरोधी र संविधानविरोधीलाई समाप्त पार्ने चेतावनी दिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संघीयता कुर्सीसँग साटेको भन्दै गम्भीर आलोचना गरेका छन्।काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले प्रश्न गरेका छन्, “के संविधान पदसँग साटिन सक्छ? के संघीयता खारेज हुन सक्छ?”

">