काठमाडौं। नेकपा नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओली विकासवादी र राष्ट्रवादी नभएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीको विकास फुस्रा झुट मात्र भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य झाले हिटलरको उदहारण दिँदै ओली तानाशाहा भएको जिकिर गरे। उनले भने, “दुनियाँमा तानाशाहाहरू झुटलाई पोलिस गरेर सत्यको दर्जामा पुर्याउन सक्छन्। ओली पनि त्यसमध्येका एक हुन्।”
झाले हिटलरको किस्सा सुनाए, “हिटलरलाई भेट्न उनका बालसखा एकदिन दरवार गए। उनीहरुले दरवारमा छिर्ने बेलामा मोटो अक्षरले लेखेको एउटा शब्द हेरे। टुथ इज हियर। अनि उनका साथीहरूले हिटलरलाई भने- दरवारको भित्ता लेखिएको कुरा तिम्रो चरित्रसँग मेल खाँदैन। त्यसपछि हिटलरले भने-यही कुरा नबुझेर तिमी शिक्षक छौं। र म यही कुरा बुझेर शासक छु।”
झाले थपे, “ओली पनि त्यस्तै हुन्। जो जति धेरै झुटो हुन्छ। त्यही बढी सत्यको कुरा गर्छ। ओलीको राष्ट्रवाद पनि त्यही हो। समुदायबीच घृणा फैलाउने राष्ट्रियता हो। फोस्रो विकास मात्र हो।”
" /> काठमाडौं। नेकपा नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओली विकासवादी र राष्ट्रवादी नभएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीको विकास फुस्रा झुट मात्र भएको आरोप लगाएका छन्।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य झाले हिटलरको उदहारण दिँदै ओली तानाशाहा भएको जिकिर गरे। उनले भने, “दुनियाँमा तानाशाहाहरू झुटलाई पोलिस गरेर सत्यको दर्जामा पुर्याउन सक्छन्। ओली पनि त्यसमध्येका एक हुन्।”

">