काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०६२/०६३ को भन्दा ठूलो जनआन्दोलनको आगो दन्किने चेतावनी दिएका छन्।
एक महिना २२ दिनअगाडि (गत पुस ५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन र प्रतिक्रान्ति निम्त्याएको भन्दै त्यसविरुद्ध सिंगो मुलुक आन्दोलित भएको र अन्ततः जनआन्दोलनको आगो दन्किने बताएका हुन्।
काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड समूहले आज आयोजना गरेको विरोधसभामा उनले जनआन्दोलनको आगोले प्रधानमन्त्री ओलीलाई समाप्त पार्ने बताए।
“एक महिना २२ दिनको बीचमा सिंगो राष्ट्र आन्दोलित भएको छ, उपत्यका आन्दोलित भएको छ, सबै प्रदेश र जिल्ला आन्दोलित भएको छ,” वरिष्ठ नेता खनालले भने, “हरेक वर्ग, तह र पेशागत समुदाय आन्दोलित छ, नागरिक समाज आन्दोलित छ, अब जनआन्दोलनको आगो दन्किन्छ र ओललाई समाप्त पार्नेछ।”
निर्वाचन आयोगमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद जारी रहँदा नेता खनालले सडकमा रहेको नेकपाबाहेक अर्को आधिकारिक नेकपा नेपालमा नभएको जिकिर गरे।
उनले पार्टीको आधिकारिकताको प्रमाणपत्र प्रचण्ड समूहको नेकपालाई दिनुपर्ने बताउँदै ऐन र प्रक्रिया मिलाउन बाँकी भए मिलाउन निर्वाचन आयुक्तहरूलाई आग्रह गरे।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०६२/०६३ को भन्दा ठूलो जनआन्दोलनको आगो दन्किने चेतावनी दिएका छन्।एक महिना २२ दिनअगाडि (गत पुस ५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन र प्रतिक्रान्ति निम्त्याएको भन्दै त्यसविरुद्ध सिंगो मुलुक आन्दोलित भएको र अन्ततः जनआन्दोलनको आगो दन्किने बताएका हुन्।

">