काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओली समूहको जमानत जफत हुने दाबी गरेका छन्।
आज काठमाडौंको प्रदर्शनी मार्गमा गरिएको सभालाई सम्बोधन गर्दै खनालले दुई वर्षपछि हुने चुनावमा मेचीदेखि महाकालीसम्मका १६५ क्षेत्रमै ओली समूहको जमानत जफत हुने दाबी गरेका छन्।
“एउटा भंगेराको बच्चा भुर्रर उडेर बाँसको टुप्पामा गएर बसेछ। तलबाट मान्छेले बाँस नुहाइदिएछन्। भंगेरको बच्चाले ठानेछ, म त ठुलो भइसकेछु। त्यसपछि भंगेराको बच्चा उडेर आमा भएको ठाउँमा गयो। भन्यो– म बसेपछि बाँस त लुग्यो। म त ठूलो भइसकेछु। अनि आमाले भन्यो– हो बाबु! तिम्रो खुट्टी हेरेर पत्याएँ,” नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता खनालले भने, मिस्टर केपी ओली हामीले पनि तपाईंको खुट्टी हेरेर पत्यायौं।”
पूर्वप्रधानमन्त्री खनालले ओलीलाई सभा हेर्न प्रदर्शनी मार्ग आउन आग्रह गरे। खनालले थपे, “नारायणहिटी दरवारअगाडि केही हजार मान्छे जम्मा गरेर केपी ओलीले भनेछन्– सभा भनेको यस्तो हुन्छ। म केपी अोली र उनका मान्छेलाई भन्न चाहन्छु– सभा कस्तो हुन्छ भनेर प्रदर्शनी मार्गमा हेर्न आउनुहोस्। सभा भनेको यो हो, नेकपाको आवाज भनेको यो हो।”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओली समूहको जमानत जफत हुने दाबी गरेका छन्।आज काठमाडौंको प्रदर्शनी मार्गमा गरिएको सभालाई सम्बोधन गर्दै खनालले दुई वर्षपछि हुने चुनावमा मेचीदेखि महाकालीसम्मका १६५ क्षेत्रमै ओली समूहको जमानत जफत हुने दाबी गरेका छन्।

">