काठमाडौं। बोहरा अंकलले ट्याक्सी चलाउन थालेको लामो समय भयो। काठमाडौंमा ट्याक्सी चलाउने क्रममा उनले देशको राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका छन्।
जब २०६२/६३ को जनआन्दोलनको बेला सडकभर मानिसहरूको भीड थियो। त्यही भीडका कारण राजतन्त्र हटेर गणतन्त्र आयो। उनलाई लागेको थियो- अब देशको विकास हुन्छ, बेरोजगारले रोजगारी पाउँछन्, देशको मुहार फेरिन्छ।
उनले त्यो सपना देखेको पनि १५ वर्ष पुग्न लाग्यो। तर, उनले सोचेको कुनै पनि सपना पूरा हुन सकेको छैन। २०७४ सालको निर्वाचनपछि बन्द, हडताल, विरोध प्रदर्शन सधैंका लागि अन्त्य भएको जस्तो उनलाई लागेको थियो।
तर, निर्वाचन भएर नयाँ सरकार बनेको तीन वर्ष पनि पूरा हुन नपाउँदै फेरि बन्द, हडताल, विरोध प्रदर्शन हुन थालेपछि उनमा फेरि निराशा उत्पन्न हुन थालेको छ। बन्द, हडतालबाट आजित भइसकेका उनी पुनः त्यही अवस्था दोहोरिन थालेपछि निराश देखिएका हुन्।
“राजनीतिक अस्थिरता अन्त्य भयो। अब हामीले सहज ढंगले काम गरेर खान पाउने वातावरण बन्यो भन्ने लागेको थियो।काठमाडौंका सडकमा राजनीतिक नारा नलागेको, टायर नबलेको केही वर्ष भएको थियो। तर, फेरि उस्तै हुन थालेको छ।”
“राजनीतिक अस्थिरता अन्त्य भयो। अब हामीले सहज ढंगले काम गरेर खान पाउने वातावरण बन्यो भन्ने लागेको थियो,” उनले भने, “काठमाडौंका सडकमा राजनीतिक नारा नलागेको, टायर नबलेको केही वर्ष भएको थियो। तर, फेरि उस्तै हुन थालेको छ।”
राजनीतिक दलबाट आफूले केही आशा नगरेको भन्दै उनले भने, “देशलाई स्थिर बनाएर हामीलाई गरिखाने वातावरण बनाइदिनुहोस्। तपाईंहरू कुर्सी तानातानमा लगेर हामी सर्वसाधारण जनतालाई दुःख दिने काम बन्द गर्नुहोस्।”
यो बीचमा उनले आफ्नो व्यवसायलाई अगाडि बढाउँदै एक वर्षभित्रमा एक सय जना महिला ट्याक्सी ड्राइभर बनाउने योजना बनाएका थिए। तर, सडक नै दिनप्रतिदिन विरोध प्रदर्शनको थलो बनेपछि उनी चिन्तित छन्।
उनले आफूसँगै अन्य साथीभाइलाई राजनीतिक दलको विरोध प्रदर्शनमा नजान आग्रह गरेका छन्। तर, उनीहरू व्यक्तिगत लाभका लागि भए पनि विरोध कार्यक्रममा जानुपर्छ भन्ने जवाफ दिने गरेको उनको भनाइ छ।
हिराभक्त महर्जन पछिल्लो केही महिनादेखिको राजनीतिक खिचातानी नजिकबाट नियालिरहेका छन्। उनले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा आउने हरेक राजनीतिक गतिविधिबारे राम्रैसँग जानकारी राखेका छन्।
“देश विकसित बनेको सपनाबाट ब्यूँझिन नपाउँदै देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फसेको छ। होइन, पदको लागि यत्रो लडाइँ! उनीहरू एक आपसमा लडिरहँदा हामीलाई दुःःख किन दिने?”
केपी शर्मा ओली नेतृत्वमा बनेको नयाँ सरकार पाँच वर्षसम्म टिक्ने र त्यो बीचमा अरू केही नभए पनि सडकमा टायर बाल्ने, जिन्दावाद र मुर्दावादको नारा लाग्ने काम बन्द हुन्छ भन्ने लागेको थियो उनलाई।
“देश विकसित बनेको सपनाबाट ब्यूँझिन नपाउँदै देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फसेको छ। होइन, पदको लागि यत्रो लडाइँ! उनीहरू एक आपसमा लडिरहँदा हामीलाई दुःःख किन दिने?,” उनले प्रश्न गरे।
कोरोना महामारीका कारण १० महिना पसल बन्द गरेर बसेका उनको व्यापारले विस्तारै गति लिइरहेको थियो। ‘‘१० महिना पसल बन्द राख्दा झण्डै २० लाख रूपैयाँ घाटा बेहोरेको छु,’’ उनले भने, “कोरोना महामारीभन्दा पहिला दैनिक तीन लाखभन्दा बढीको व्यापार हुन्थ्यो। महामारी सहज भएपछि व्यापारले विस्तारै पिक लिइरहेको थियो। फेरि बन्द, हडताल, विरोध प्रदर्शनले डामाडोल बनाइरहेको छ।”
" /> काठमाडौं। बोहरा अंकलले ट्याक्सी चलाउन थालेको लामो समय भयो। काठमाडौंमा ट्याक्सी चलाउने क्रममा उनले देशको राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका छन्।जब २०६२/६३ को जनआन्दोलनको बेला सडकभर मानिसहरूको भीड थियो। त्यही भीडका कारण राजतन्त्र हटेर गणतन्त्र आयो। उनलाई लागेको थियो- अब देशको विकास हुन्छ, बेरोजगारले रोजगारी पाउँछन्, देशको मुहार फेरिन्छ।

">