काठमाडौं। नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले कमिलाको मर्ने बेला प्वाँख पलाए झैं शासकले ढल्ने बेला स-सानो सवाललाई ठूलो अपराध ठान्ने गरेको बताएकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान, मानमर्दन र चरित्र हत्या आरोपमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला उनले आज विहान पत्रकार सम्मेलन गरी यस्तो धारणा राखेकी हुन्।
“हामी त सडकमा छौं। प्रतिगमनको विरुद्धमा छौं।” झाँक्रीले भनिन्, “राजतन्त्रमा राजाको विरोध भयो र अहिले प्रतिगमनको मतियार बनेकी राष्ट्रपतिको विरोध हुन्छ, मैले गरेको हुँ, र कमिलाको मर्ने बेला प्वाँख पलाए झैं शासकको पनि ढल्ने बेला भएको हो,” झाँक्रीले भनिन्।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था वर्तमान सरकारले खोसी सकेको जस्तो भान हुन थालेको झाँक्रीको भनाइ छ।
"महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले आफूलाई सोधपुछका लागि बोलाएको तर जान नमानेको भन्दै उनले विना कारण पनि आफूलाई २४ घण्टा प्रहरी थुन्न सक्छ। त्यसको प्रतिवाद गरिने छ। आफूले दिएको अभिव्यक्ति कानुनी मुद्दा नभइ राजनीतिक मुद्दा हो," उनले भनिन्।