काठमाडौं। राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धैर्य गर्न आग्रह गरेकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि प्रहरीले आज उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गरी उनलाई अहिले मीनभवनस्थित अपराध अनुसन्धान महाशाखामा राखेको छ। महाशाखाबाटै उनले फेसबुकमार्फत् आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धैर्य गर्न आग्रह गरेकी हुन्।
“राज्यविरुद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउपुर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु,” नेतृ झाक्रीले फेसबुकमा लेखेकी छन्, “सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।”
झाँक्रीले संविधानको धारा ५८ बमोजिम आफू पक्राउ परेको लेखेता पनि उनलाई पक्राउ पुर्जी जारी गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ (फौजदारी कसुरहरू) परिच्छेद १ (राज्य विरुद्धका कसुर) अन्तर्गत दफा ५८ अनुसार हो। उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने बारेमा उल्लेख छ।
झाँक्री पक्राउ परेकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले आपत्ति जनाइसकेको छ। प्रचण्ड समूहका नेताले यसको विरोध गरेका छन्।
" /> काठमाडौं। राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धैर्य गर्न आग्रह गरेकी छन्।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि प्रहरीले आज उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो।

">