काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिजै पक्राउ गर्न खोजिएको जनाएका छन्।
आदिवासी जनजाति मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विघटित प्रतिनिधिसभाकी सदस्य झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरेको पनि जनाएका छन्।
“कमरेड रामकुमारी झाँक्रीलाई हिजोदेखि नै पक्रिन बल गरेको थियो, तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा,” प्रचण्डले भने, “प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्रनुपर्यो भनेको थियो, हिजोदेखि नै हामीले रोक्न बल गर्यौं, हिजो बेलुकादेखि आज बिहानसम्म।”
नेता झाँक्रीको पक्राउलाई उत्पीडित जातिमाथि अन्याय भएको पनि प्रचण्डले बताउन छाडेनन्।
“यो पक्राउ मगर मोर्चाको निम्ति, मगर नेताहरूको निम्ति, हाम्रो कम्युनिष्ट पार्टीको निम्ति पनि एउटा चुनौती भएको छ,” प्रचण्डले अगाडि भने, “उनीहरूले यही हमला गरे, हेर्नुहोला– हमला कहाँ गरे त भन्दा उत्पीडित जातिमाथि हमला गर्न खोजेका छन्, उनीहरूको नियत त बुझि नै हाल्नुभएको होला।”
लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेकी नेतृ झाँक्रीलाई पक्राउ गरेर लोकतन्त्रको चाबी लगाउन खोजेको आरोप प्रचण्डले लगाएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिजै पक्राउ गर्न खोजिएको जनाएका छन्।आदिवासी जनजाति मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विघटित प्रतिनिधिसभाकी सदस्य झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरेको पनि जनाएका छन्।

">