काठमाडौं। संघीय संसदभन्दा बाहिर रहेका साना चारवटा वामपन्थी पार्टीले रणनैतिक संयुक्त मोर्चा बनाउँदै चार स्थानमा जनसभा गर्ने भएका छन्।
काठमाडौंको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहूति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मोर्चा गठन गरेर जनसभा गर्न लागेका हुन्।
माघ २९ गते काठमाडौंबाट संयुक्त रणनीतिक मोर्चा गठन गरेलगत्तै सो समूहले फागुन ६ गते बुटवलमा, फागुन १४ धनगढीमा र फागुन १८ गते जनसभा गर्ने निर्णय गरेको हो। त्यसका लागि मोर्चाले १५ सदस्सीय केन्द्रीय समिति सदस्य पनि गठन गरेको छ।
यसअनुसार उक्त केन्द्रीय समितिमा सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नविनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिमाल गरी १२ जनालाई केन्द्रीय समितिमा राखिएको छ। मोर्चाका अनुसार थप तीनजना पछि पदपूर्ति गरिने भएको छ।
“रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समितिको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ,” घोषणा वक्तव्यमा भनिएको छ, “रणनीतिक संयुक्त मोर्चाको प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समिति गठन गर्दै लगिनेछ।”
" /> काठमाडौं। संघीय संसदभन्दा बाहिर रहेका साना चारवटा वामपन्थी पार्टीले रणनैतिक संयुक्त मोर्चा बनाउँदै चार स्थानमा जनसभा गर्ने भएका छन्।काठमाडौंको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहूति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मोर्चा गठन गरेर जनसभा गर्न लागेका हुन्।

">