काठमाडौं। आगामी असार मसान्तसम्म एक लाख ५० हजार बराबर गरिब तथा विपन्न घरपरिवारका घरबाट फुस, खर, परालका छानाहरु विस्थापित हुने भएको छ ।
हालसम्म ६ हजार ९ सय ६७ घरवाट फुस, पराल र खरका छाना विस्थापित गरिसकेको सरकाले यसै आर्थिक वर्षभित्र एक लाख ५० हजार छानालाई विस्थापित गरी जस्तापाता जस्ता राख्ने काम सम्पन्न भएको छ ।
आगमी तीन वर्ष भित्रमा सात लाख ५० हजार फुसका छाना विस्थापित गर्ने उद्देश्यसहित सहरी विकास मन्त्रालयले काम अघि बढाएको मन्त्री प्रभु साहले बताए ।
‘‘गरिब तथा बिपन्न परिवारजनले राख्दै आएको फुसको छाना हटाउने उद्देश्यसहित सुरक्षित आवास कार्यक्रम र नयाँ भवन निमार्ण गरेर हस्तान्तरण गर्ने जनता आवास कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ’’ मन्त्री साहले भने, ‘तीन वर्षभित्रमा सात लाख ५० हजार घरबाट फुसका छाना विस्थापित गरिनेछ ।’
उनका अनुसार गरिब तथा बिपन्न वर्गलाई मध्यनजर गरेर प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित आवास र जनता आवास कार्यक्रमलाई तीव्रता दिईएको छ ।
पहिलो किस्ताबापत प्रत्येक लाभग्राहीलाई ३० हजार रुपैयाँको दरले भुक्तानी गरेको सरकारले एक लाख ५० हजार घरबाट फुसको छाना बिस्थापित गर्न २ अर्ब १८ करोड रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ ।
तराई मधेशका शहरहरुको आर्थिक क्रियाकलापहरुलाई चलायमान बनाउन र जनताहरुको जीवनस्तरमा सुधार ल्याउन एकीकृत रुपमा शहरहरुको विकास गर्न सघन शहरी विकास कार्यक्रम सुरु गरिएको छ ।
सोही कार्यक्रम अन्तर्गत फुङ्गलिङ, पशुपतिनगर, इनरुवा, उर्लाबारी, भैरहवा, भिङ्ग्रीगाउँ, सन्धीखर्क, धनगढी र टीकापुरलगायत ९ वटा बसपार्क, धनगढी, रामपुर र इनरुवामा गरी ३ वटा हाटबजार, सिद्धार्थनगर, धनगढी र टीकापुरसमेत गरी ३ वटा मनोरञ्जन पोखरीरपार्कहरुको निर्माण कार्य सम्पन्न भईसकेको छ ।
शहरी विकास मन्त्रालयबाट व्यवस्थित र योजनाबद्ध शहरीकरणका लागि देशभर हाल तीन सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे, ४३ वटा ठूला सभाहल÷सिटी हललगायत ५० वटा भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माण भईरहेका छन् ।
यसका साथै देशभरमा २७ वटा नयाँ शहर र १४ वटा स्मार्ट शहर निर्माण गर्न विस्तृत योजना तयारी अवस्थामा रहेको छ ।
बञ्चरेडाँडा फागुन भित्रै प्रयोगमा आउने
काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बञ्चरेडाँडास्थित स्यानिटेरी ल्याण्डफील साईट फागुन मसान्तसम्ममा प्रयोगमा ल्याउने तथा दोस्रो सेलको निर्माण कार्य तीव्र गतीमा भईरहेको मन्त्रालयले जनाएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एमआई १७ हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड तयार भई सञ्चालनमा आइसकेको छ ।
उता, ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको सभाहलको निर्माण कार्य माघ मसान्तसम्ममा सम्पन्न गरी कार्य अघि बढेकोमा गोदावरी नगरपालिकाको सडक विस्तार कार्यक्रमले निर्माण कार्य प्रभावित भएपछि चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी कार्य भईरहेको मन्त्रालयको भनाई छ ।
प्रम निवासको ६३ प्रतिशत सकियो, मन्त्री आवास ५० प्रतिशत बढी काम
सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन निर्माणको विभिन्न ब्लकहरुको निर्माण कार्य भईरहेको जनाउँदै मन्त्रालयले उक्त भवनको हालसम्मको भौतिक प्रगति २० प्रतिशत रहेको जनाएको छ ।
ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालय निर्माण कार्यको हालसम्मको प्रगति ४२ प्रतिशत भएको छ भने निर्माणाधीन मन्त्री आवास निर्माण कार्यको भने ५० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सरकारी आवास निर्माण कार्यको ६३ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
२२ कट्टा क्षेत्रफलमा सभाहल
मन्त्रालयले ७ वटै प्रदेशमा एक–एकवटा सुविधासम्पन्न सभाहल निर्माण गर्ने सरकारको नीति अनुसार भरतपुर, चितवनमा निर्माण हुन गईरहेको दुई हजार सिट क्षमताको भरतपुर सिटी हल निर्माण कार्यको शिलान्यास भएको छ ।
जसअनुसार ४ विगाह ४ कठ्ठा जग्गाको क्षेत्रफलमा निर्माण हुन गईरहेको सिटी हलको मुख्य भवनले २२ कठ्ठा क्षेत्रफल ओगट्ने तथा निर्माण कार्यको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
मुलुकका विभिन्न स्थानहरुका स्वास्थ्य भवनहरु अन्तर्गत निर्माण हुने तीन सय सात वटा स्वास्थ्य भवनहरुमध्ये ७ वटा रुग्ण आयोजना र १३ वटा नियमित आयोजनाहरु गरी २० वटा भवनको निर्माण कार्य सम्पन्न भईसकेको जनाएको मन्त्रालयले यसै वर्ष थप एक सय ३० वटा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको छ ।
साथै, देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतीक्षालय निर्माण कार्य सुरु गरेको मन्त्रालयले जनाएको छ ।