गण्डकी। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन्। शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइन लागेको उल्लेख गरेका छन्। यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उनको सन्देशमा उल्लेख छ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आमनेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताएका छन्।

रासस

" /> गण्डकी। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन्। शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइन लागेको उल्लेख गरेका छन्। यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उनको सन्देशमा उल्लेख छ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आमनेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताएका छन्।

रासस

"> प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना: Dekhapadhi
प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना <p style="text-align: justify;">गण्डकी। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन्। शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइन लागेको उल्लेख गरेका छन्। यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उनको सन्देशमा उल्लेख छ।</p> <p style="text-align: justify;">नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आमनेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताएका छन्।</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्