काठमाडौं। जनयुद्ध दिवसको अवसरमा पूर्वजनमुक्ति सेना नेपालका करिब छ सयभन्दा बढी पूर्वलडाकुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिएका छन्।
बुटवलमा ओली पक्षधरले प्रदेशस्तरको आमसभा सुरु गर्नु अघि पूर्वमाओवादी लडाकुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो। उक्त कार्यक्रममा पूर्वलडाकुको समूहले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपालाई साथ दिने घोषणा गरे।
पूर्वजनमुक्ति सेनाका संयोजक तथा तत्कालिन छैंठौं डिभिजन कमाण्डर दुर्गा चौधरी सन्तोषको नेतृत्वमा करिब छ सय पूर्वलडाकु बुटवलमा जम्मा भएर राष्ट्रिय भेलाको आयोजना गरेका हुन्। त्यो भेलामा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम क्षेत्रका पूर्वलडाकु वुटवलमा आज जम्मा भएका हुन् ।
उक्त भेलालाई जनमुक्ति सेनाको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्टलगायतले बिशेष सम्बोधन गरेका छन्।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले माओवादी युद्धकालका कमाण्डर कुहिएको आरोप लगाएका छन्। ‘माओवादी युद्धकालको कमान्डर कुहिएको हो, सुप्रिम कमान्डर प्रचण्ड कुहिनुभयो,’ पोखरेलले भने, ‘जनमुक्ति सेनाको बलिदान र परिवर्तनको मुल्य र राष्ट्रको अस्मितालाई बुझ्न सक्नु भएन, आफ्नो स्वार्थका लागि बलिदानलाई प्रयोग गर्नु भयो ।’
मुख्यमन्त्री पोखरेलले लडाकु शिविरमा भएको घोटलाको छानविन हुनुपर्ने र छानविनपछि घोटला भए बराबरको पैसा कल्याणकारी कोषमा जम्मा गर्ने प्रतिवद्धतासमेत जनाएका छन । प्रचण्डले खारा युद्धमा मात्रै सहभागी जनाए। त्यो युद्धमा पराजय भएपछि प्रचण्डले शान्ति प्रक्रियामा आउने घोषणा गरेको स्मरण मुख्यमन्त्री पोखरेलले गरे।
उक्त कार्यक्रमा उर्जामन्त्री रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई छुटाइएको करिब १९ अर्ब रकमको हिसाबकिताब नदेखाएर हिनामिना गरेको आरोप लगाए । ‘१९ हजारलाई मात्रै नाम राखेर ३४ हजारको नाममा सरकारवाट लिएको पैसा कहाँ गयो?’ रायमाझीले प्रश्न गरेका छन, ‘‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौं, तर शिविरमा लगिएको पैसा कहाँ गयो त? सोध्नुपर्ने बेला भने आएको छ। जनमुक्ति सेनाको नाममा आएको १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ," उनले भने।
उद्योगमन्त्री भट्टले १४ वर्षसम्म पूर्वमाओवादी लडाकुलाई नसम्झेको आरोप लगाए । "यस १४ वर्षमा प्रचण्डले तपाईंहरूलाई कहिल्यै सम्झनु भएन। आज उहाँ सम्झेर बस्नु भएको छ। माफी मागिरहनु भएको छ," भट्टले भने, "उहाँ दलालको पनि दलाल हुनु भएको छ, बिचार मिल्दा केपी ओली महान क्रान्तिकारी, अहिले प्रतिगमनका कुरा गर्नुहुन्छ, खासमा उहाँले सडकमा गएर प्रतिगामी काम गर्दै हुनुहुन्छ," उनले भने।
सो कार्यक्रमको अध्यक्ष गरिरहेका चौधरीले भेलामा आउन पूर्वजनमुक्ति सेनालाई प्रचण्ड समूहले अवरोध गरेको आरोपसमेत लगाए । मुलुकका पूर्वी भागबाट आउने अधिकांश पूर्वजनमुक्ति सेनालाई रोके पनि छ सयभन्दा बढी लडाकु प्रतिनिधि जम्मा भएको उनको भनाइ छ। पूर्वकमाण्डर चौधरीले शिविर घोटला छानविन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।