काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्यापुरी भएको भन्ने प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताएका छन्।
उनको यो जवाफ नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित थियो। प्रचण्डले गत माघको २८ गते भगवान रामको जन्म अयोध्यापुरी भएको पुरातात्विक अन्वषेणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौति दिएका थिए।
प्रधानमन्त्री ओलीले आज बुटवलमा केवलकार उद्घाटन गर्दै भने- “केही दिन अगाडि एक जना मान्छे (प्रचण्ड) ले भनेछन्, अयोध्यापुरीमा रामको जन्म भएको प्रमाणि हुनपर्यो। बढो गाह्रो प्रश्न छ। अब म त्यसबेलाको सुँडेनी हुनुपर्यो?”
उनले संसारमा अरू ठाउँ कहिँ पनि भगवान रामको जन्म भनेर प्रमाणित नभएको बताए।
त्यही भएर पनि अयोध्यापुरी रामको जन्मभुमि भएको प्रधानमन्त्री ओलीको दावी छ। उनले कतिपय कुराहरू श्रुति परम्पराको निरन्तरता र दर्शनको आधारमा त्यसको पुष्टि हुने पनि तर्क गरे। रामको जन्मभूमि अयोध्यापुरी विकसित हुने तर त्यसका लागि निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको उनले औंल्याएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्यापुरी भएको भन्ने प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताएका छन्।उनको यो जवाफ नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित थियो। प्रचण्डले गत माघको २८ गते भगवान रामको जन्म अयोध्यापुरी भएको पुरातात्विक अन्वषेणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौति दिएका थिए।

">