काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपाको नेता कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन्।
पार्टी फुटेको नभइ पार्टीमा बसेर सरकारको बदनाम गर्ने र पार्टी अनुशासन नमान्ने केही मान्छेहरू मात्रै पार्टीबाट बाहिर गएको बताए।
राजनीतिक रूपमा विभाजित भएर गएका नेकपाको प्रचण्ड समूहलाई लक्षित गर्दै उनले पार्टीबाट बाहिर निस्केकाहरूले कहिल्यै सरकारले गरेको राम्रा कामको प्रचार नगरेको बताए।
“हामी यही लुम्बिनीमा तीन हजार जना अटाउने क्षमताको सभाहल बनाउँदैछौं। सिद्धार्थ राजमार्गलाई डबल लेनको सडक बनाउँदैछौ। सुस्तादेखि राजपुरसम्म सबै ठाउँमा विकास आयोजनाहरू निर्माण भइरहेका छन्”, प्रधानमन्त्री ओलीले रूपन्देहीको बुटवलमा आज आयोजित जनसभा भने, “तर, यति धेरै विकासको काम हुँदा उहाँहरूलाई सरकारले काम गर्यो भन्ने हिम्मत भएन। स्वीकार्ने हिम्मत पनि छैन।”
उनले सरकारले इतिहासमै सर्वाधिक विकास गरेको दावी पनि गरे।