जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा

काठमाडौं। गृहमन्‍त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन्। जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्‍त्र स्थापना भएकाले नेपालको जनक्रान्ति र गणतन्‍त्र स्थापनाका लागि जनयुद्धको योगदानलाई भुल्न नहुने गृहमन्‍त्री थापाले बताए।

राजधानीमा २६औं जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा गृहमन्‍त्री थापाले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने बताए।

गृहमन्‍त्री थापाले भने- “जनयुद्ध उत्पादनकर्ता पनि थियो। यसले लाखौं युवालाई क्रान्तिका निम्ति तयार पार्‍यो। यो एउटा ठूलो पाठशाला थियो। जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन गर्‍यो,” उनले भने।

"शान्तिपूर्ण र संघर्षका रूपलाई संयोजन गरेर आन्दोलन सुरु भएको र त्यसैको प्रतिफल विसं २०६२/६३ को जनआन्दोलनले गणतन्‍त्र ल्याएको हो। जनयुद्धका नाममा प्राण आहुति दिने सहिद परिवार, बेपत्ता परिवार र घाइते योद्धाप्रति राज्यले उचित सम्मान गर्ने छ," गृहमन्‍त्री थापाले भने।

रासस

प्रतिक्रिया दिनुहोस्