काठमाडौं। निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आयोगले बोलाएको छ।
साढे ११ बजेपछि छलफल हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनका अनुसार छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ। आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा हुने निर्वाचन केन्द्रित उक्त आचारंसंहिताको मस्यौदालाई अन्तिम रूप दिने तयारीअनुसार दलहरूलाई आयोगले छलफलमा बोलाएको हो।
दलहरूसँग छलफल गरेपछि आचारसंहितालाई सार्वजनिक गर्ने आयोगको तयारी छ।
" /> काठमाडौं। निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आयोगले बोलाएको छ।साढे ११ बजेपछि छलफल हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनका अनुसार छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।

">