काठमाडौं। नेकपाको प्रचण्ड समूहले चौथो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रमहरू केन्द्रीय आन्दोलन परिचालन समितिले सार्वजनिक गरेको हो।
फागुनको ५ गतेदेखि १२ गतेसम्म पार्टीको जिल्ला कमिटीहरूले विरोधसभा र प्रदर्शन गर्ने आन्दोलन परिचालन समिति सहसंयोजक योगेश भट्टराईले बताए। आन्दोलनअन्तर्गत फागुन ६ गते महङ्गी र भ्रष्टाचारविरुद्ध काठमाडौंको टुँडीखेल वरिपरी मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म एक घण्टा गर्ने भएको छ।
फागुन ७ गते देशव्यापी रूपमा सबै स्थानीय तहको वडास्तरमा विरोधसभा, ७ गते देखि १५ गतेसम्म सार्वजनिकस्थलमा पार्टीको वडा कमिटी, जनवर्गीय कमिटी र बुद्धिजीवी संगठनहरूबाट हस्ताक्षर संकलन र फागुन ८ गते वृहत अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध काठमाडौं र काठमाडौंबाहिर विरोध प्रदर्शन, १० गते दलित मोर्चाको अगुवाइमा विभेदविरुद्ध प्रदर्शन, ११ गते पार्टी निकट महिला, दलित, आदिवासी जनजाति संगठनहरूबाट सांस्कृतिक पहिचानसहितको विरोध प्रदर्शन र फागुनको १२ गते संघीय राजधानी र प्रदेश राजधानीमा पार्टीको संगठन र जनवर्गीय संगठनहरूले सिर्जनात्मक विरोध प्रदर्शन गर्ने जानकारी दिइएको छ।
फागुन १२ गते चितवनमा प्रदर्शन, फागुन १५ गते किसान मोर्चाको आयोजनामा विरोध प्रदर्शन गर्ने जनाएको छ।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहले चौथो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रमहरू केन्द्रीय आन्दोलन परिचालन समितिले सार्वजनिक गरेको हो।फागुनको ५ गतेदेखि १२ गतेसम्म पार्टीको जिल्ला कमिटीहरूले विरोधसभा र प्रदर्शन गर्ने आन्दोलन परिचालन समिति सहसंयोजक योगेश भट्टराईले बताए। आन्दोलनअन्तर्गत फागुन ६ गते महङ्गी र भ्रष्टाचारविरुद्ध काठमाडौंको टुँडीखेल वरिपरी मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म एक घण्टा गर्ने भएको छ।

">