काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध भोलि गर्ने भनिएको प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले प्रदर्शनलाई सफल बनाउन सभापति देउवाले विज्ञप्तीमार्फत आज अपिल गरेका हुन्।
देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ- “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।”
प्रतिनिधिसभा विघटनविरुद्ध सभापति देउवाले आन्दोलन नचाहेको भन्ने आरोप लागेको बेला संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको पनि देउवाले बताएका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध भोलि गर्ने भनिएको प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले प्रदर्शनलाई सफल बनाउन सभापति देउवाले विज्ञप्तीमार्फत आज अपिल गरेका हुन्।

">