काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिताको निम्ती जनप्रदर्शन नगरिएको बताएका छन्।
आज सरकारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिगमन सच्याउन सघर्ष गरेको बताए।
“हाम्रो पार्टीको आधिकारिकतालाई मान्यता दिलाउन जनप्रर्दशन र विरोध गरको होइनौ,” श्रेष्ठले भने। पार्टीको आधिकारिताका सम्बन्धमा पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनमा स्पष्ट उल्लेख भएको उनले जनाए।
“हाम्रो पार्टीको विधान र मुख्यत राजनीतिक दल सम्बन्धी ऐनले पार्टीको आधिकारिकता विषयमा प्रष्ट रुपमा मार्ग निर्देशन गरेको छ। त्यसको आधारमा हाम्रो पार्टीले आधिकारिता पाउने कुरा स्पष्ट नै छ। हामी निर्वाचन आयोगलाई छिटोभन्दा छिटो यो विवादको निरूपण गरेर अगाडि बढ्नको निम्ती अपिल गर्न चाहन्छौं,” प्रवक्ता श्रेष्ठले भने।
प्रचण्ड समूहले गरेका सबै प्रदर्शन र सभाहरू प्रतिनिधिसभा विघटन र असंवैधानिक कदमविरुद्ध भएको उनले बताए। संविधान र लोकतन्त्रको रक्षा गर्न बाध्यताको परिणाम स्वरूप संघर्षका कार्यक्रम गर्नुपरेको समेत उनले बताए।
“हाम्रो संघर्ष सडकमा मात्र छैन, कानुनी मोर्चामा पनि गरिरहेका छौं। सर्वोच्च अदालतामा पनि यो मुद्दा विचाराधीन छ। संसदको पुनर्स्थापना गरी छिट्टै सुचारु हुने अवस्थामा आउने छ भन्ने हाम्रो विश्वास छ। निर्वाचनको पक्षमा हामी छौं, तर दुई वर्षपछि हुने निर्वाचनको पक्षमा हामी छौ,” प्रवक्ता श्रेष्ठले भने।
सरकारले निर्वाचन गर्न मिति घोषणा नगरेको उनले बताए। प्रतिनिधिसभा सुचारू हुने स्थिती बनेन भने निर्वाचन पनि नहुने उनले दाबी गरे।र पशुपतिनाथका सम्बन्धमा आफ्ना नेताहरूको भनाइ तोडमरोड गरिएको आरोप समेत उनले लगाए। “हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेको छ। त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो। हामी नेपाली जनताको धार्मीक आस्थाको सम्मान गर्छौं। हरेक व्यक्तिले विवेकअनुसार धर्म मान्न पाउने कुराको हामी सम्मान गर्छौ,” उनले भने।
पुशपतिनाथलाई विश्वभरका हिन्दुहरूले आरध्यदेवको रुपमा लिने र सबै हिन्दुको आस्थाको केन्द्र रहेको उनले जनाए।
“हाम्रा नेताहरूको भनाइलाई तोडमरोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मीक संस्थालाई संकिर्ण राजनीतिक स्वार्थका निम्ती उपयोग गर्ने, संवेदनशील पक्षहरूलाई तुच्छ स्वार्थको लागि उपयोग नगर्न अनुरोध गर्न चाहन्छौं,” प्रवक्ता श्रेष्ठले भने।