भागरथीहरूले न्याय पाउने कहिले ?
भागरथीहरूले न्याय पाउने कहिले ? <p>भागरथी भट्टको आत्मा रोइरहेको छ, छट्पटाइरहेको छ । न्याय पाउने आशमा तडपिरहेकी छिन् भागरथीकी आमा । आजको परिवेश र सन्दर्भ यही वरपर घुमिरहेको छ । केही साता अघि भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । त्यस घटनाका दोषीको अत्तोपत्तो छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बुटबलमा, भागरथी र निर्मला पन्तका दोषी पानीमुनि गए पनि नछोडिने बताउनुभएको छ । के दोषिलाई छिट्टै सार्वजनिक गर्ने संकेत दिनुभएको हो ? अब त न्याय पाउनुभन्दा पनि भागरथीहरूलाई बचाउने कसरी ? भन्ने तर्फ सोच्ने अवस्था आएको छ । यी त केही प्रतिनिधि घटना मात्र हुन् । हजारौं पीडित आज पनि न्याय पाउने आशमा बसेका छन् ।</p> <p>आजको देखापढी हट इस्यूमा यही विषयमा केन्द्रित रहेर बहस हुँदैछ । बहसमा मानवअधिकारकर्मी रिता साह र नेकपा ओली समूहका नेतृ शर्मिला कार्की छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्