मुख्यमन्त्री राईद्वारा उधौली पर्वको शुभकामना
<p>विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उधौलीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा योगदान पुर्‍याएको बताएका छन्। </p>
<p>आज एक शुभकामना सन्देशमार्फत मुख्यमन्त्री राईले किराँत समुदायको महान पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) जस्ता मौलिक साँस्कृतिक चाडपर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको उल्लेख गरेका छन्।</p>
<p>यो पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईको आग्रह छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्