सामाजिक न्यायसहितको समाजवाद सरकार र पार्टीको रणनीति: नेकपा अध्यक्ष दाहाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र नेकपाको स्पष्ट रणनीति रहेको बताएका छन्।

उधौली तथा योमरी पुन्हिको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा अध्यक्ष दाहालले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाट राष्ट्रको उन्नति हुने बताए।

अध्यक्ष दाहालले शुभकामना सन्देशमा विभिन्न समुदायका सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको उल्लेख गरेका छन्।

'मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ', दाहालको सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्