काठमाडौं। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सभा सञ्चालन नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।

सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्। आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।

तर, सभामुख श्रेष्ठले बैठक स्थगित गरेपछि अविश्वासको प्रस्तावमाथिको छलफल पर धकेलिएको छ।

नेकपाको प्रचण्ड समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश संसदमा गत माघको दोस्रो साता नै अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

प्रदेशसभा बैठकका लागि प्रदेश सदरमुकाम हेटौंडा पुगेकी प्रचण्ड समूहबाट मुख्यमन्त्री पदमा अघि सारिएकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले हिजो साँझ सभामुख श्रेष्ठसँग प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरेको र सभामुख श्रेष्ठले बैठक हुने बताएपनि बिहानै बैठक अनिश्चितकालका लागि स्थगित गरेको खबरले दुःखित भएको बताइन्।

“हिजो साँझ मात्रै छलफल ग¥यौं सभामुखज्यूसँग, बैठक चलाऔं भन्दा हुन्छ पनि भन्नु भएको थियो तर आज बिहानै स्थगित भएको खबर आयो” शाक्यले भनिन्, “यो माथिकै निर्देशमा स्थगित भएको हो।” प्रदेश संसदमा भने मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको छ।

" /> काठमाडौं। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ।

"> बागमती प्रदेशसभा बैठक स्थगित: Dekhapadhi सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभासभा सञ्चालन नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।
• मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।

बागमती प्रदेशसभा बैठक स्थगित
काठमाडौं। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सभा सञ्चालन नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।

सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्। आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।

तर, सभामुख श्रेष्ठले बैठक स्थगित गरेपछि अविश्वासको प्रस्तावमाथिको छलफल पर धकेलिएको छ।

नेकपाको प्रचण्ड समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश संसदमा गत माघको दोस्रो साता नै अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

प्रदेशसभा बैठकका लागि प्रदेश सदरमुकाम हेटौंडा पुगेकी प्रचण्ड समूहबाट मुख्यमन्त्री पदमा अघि सारिएकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले हिजो साँझ सभामुख श्रेष्ठसँग प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरेको र सभामुख श्रेष्ठले बैठक हुने बताएपनि बिहानै बैठक अनिश्चितकालका लागि स्थगित गरेको खबरले दुःखित भएको बताइन्।

“हिजो साँझ मात्रै छलफल ग¥यौं सभामुखज्यूसँग, बैठक चलाऔं भन्दा हुन्छ पनि भन्नु भएको थियो तर आज बिहानै स्थगित भएको खबर आयो” शाक्यले भनिन्, “यो माथिकै निर्देशमा स्थगित भएको हो।” प्रदेश संसदमा भने मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्