वैदेशिक हस्तक्षेप बढन थाल्यो, परास्त गरौं- प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राजनीतिक अस्थिरताका बिचमा वैदेशिक हस्तक्षेप बढेको जनाएका छन।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्वपरराष्ट्रमन्‍त्रीसमेत रहेका श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्नका लागि एकजुट हुन आव्हान पनि गरेका छन।

‘देश गम्भीर संकटबाट गुज्रदैछ, संविधान र लोकतन्‍त्रमाथि मात्र प्रहार भइरहेको छैन्, वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ,’ श्रेष्ठले भनेका छन, ‘सत्ता स्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्‍त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ।’

सत्ता पक्षले बैदेशिक हस्तक्षेप निम्ताएको आरोप लगाउँदै श्रेष्ठले वैदेशिक हस्तक्षेपमार्फत सुक्ष्म व्यवस्थापनतर्फ लागिरहेको पनि जनाएका छन। ‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ ? भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ श्रेष्ठको निष्कर्ष देखिएको छ।

‘सम्पुर्ण देशभक्त शक्तिहरू एक होऔं, प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं, राष्ट्रिय स्वाधीनता र लोकतन्‍त्रको रक्षा गरौं’ भन्दै श्रेष्ठले सार्वजनिक रुपमा आव्हान गरेका छन।

प्रतिक्रिया दिनुहोस्