काठमाडौँ। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले विघटन शक्ति पृथकीकरणको सिद्धान्तमा पर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसमा उनले संविधानले सार्वभौमसत्ता जनतामा दिएको, जनताले संसदलाई दिएको र संसदले कार्यकारीलाई दिएकाले प्रधानमन्त्रीलाई विघनको अधिकार भएको तर्क गरेका हुन्। एमीकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता मैनालीले विघटन हुन सक्ने उद्देश्य पार्टी र संसदलाई अनुशासनमा राख्ने एउटा कडी भएको बताए।
“विधायिकाले छलफल गर्दा पनि विघटनको विषयमा छलफल गरिएको रहेछ,” उनले भने।
राजनीतिक अवस्थाबाट पनि अधिकारको प्रयोग गरिएको उनको तर्क छ। आवश्यकताको सिद्धान्तको आधारमा विघटनको अवस्था भएको मैनालीले बहसका क्रममा बताए। यसअघि पनि गिरिजाप्रसाद कोइरालालगायतले गरेको विघटन पनि कारण पार्टीभित्रकै आन्तरिक कलहका कारण भएको नजिर उनले पेश गरे।
" /> काठमाडौँ। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले विघटन शक्ति पृथकीकरणको सिद्धान्तमा पर्ने बताएका छन्।प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसमा उनले संविधानले सार्वभौमसत्ता जनतामा दिएको, जनताले संसदलाई दिएको र संसदले कार्यकारीलाई दिएकाले प्रधानमन्त्रीलाई विघनको अधिकार भएको तर्क गरेका हुन्। एमीकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता मैनालीले विघटन हुन सक्ने उद्देश्य पार्टी र संसदलाई अनुशासनमा राख्ने एउटा कडी भएको बताए।

">