काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा बोलेको अभिव्यक्तिप्रति पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले विरोध गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी विज्ञप्तिमा मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिले नेपालको राजनीति नकारात्मक असर पग्ने उल्लेख छ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका विप्लव देवले तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाललगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्ति दिएका थिए। विप्लव देवको यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
"अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरू बीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुऱ्याउने भएकाले भारत सरकार र गृहमन्त्री शाहबाट थप स्पष्ट पारिने अपेक्षा गर्दछौं," विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा बोलेको अभिव्यक्तिप्रति पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले विरोध गरेको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी विज्ञप्तिमा मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिले नेपालको राजनीति नकारात्मक असर पग्ने उल्लेख छ।

">