ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल
<p>झापा। स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन निर्वाचनमा जाने प्रधानमन्‍त्री केपी ओलीको कदम अग्रगमन भएको बताए। </p>
<p>मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए। “नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो”, मन्‍त्री ढकालले भने- “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो।” </p>
<p>विघटन नभएको अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको छ। तर सधैंका लागि संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको मन्‍त्री ढकालले बताए। </p>
<p><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्