काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण भाषणको मनसाय नबुझी बीच-बीचको शब्दमात्रै निकालेर अनर्थ लगाउने काम गरेको जनाएका छन्।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले पूरै वाक्यलाई नहेरी केही शब्दमात्रै झिकेर मुद्दा चलाउने काम भएको जनाएका हुन्।
"मैले मिति २०७७ माघ ९ गते नेकपाको कार्यकर्ता भेलामा सम्मानित सर्वोच्च अदालतमा मैले पेस गरेको लिखित जवाफ सम्बन्धमा आफ्नो भनाइ राखेको हुँ र त्यसमा बोलिएका केही शब्द तथा वाक्य उल्लेख गरी पूरा वाक्यलाई नहेरी मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीच-बीचबाट शब्द निकाली फूलबट्टा भरी प्रस्तुत निवेदन पेस गरेको देखिन्छ," जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, "तसर्थ निवेदनमा दाबी नै दूषित, कुनै पनि वक्ताको पूरै वक्तव्यलाई आधार बनाई त्यसको शब्द वा आशयको अर्थ निकाल्नुपर्छ।"
प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजालासमा जारी बहसलाई तमासा भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी परेको मुद्दाको जवाफ दिन उनी आफैं उपस्थित भएका हुन्।
गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चारजना पूर्वप्रधानन्यायाधीशहरू तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। जसअनुसार प्रधानमन्त्री ओली अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर आफैं अदालतमा उपस्थित भएका हुन्।
यस्तो छ प्रधानमन्त्री ओलीले पेस गरेको लिखित जवाफको पूर्ण पाठ:
" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण भाषणको मनसाय नबुझी बीच-बीचको शब्दमात्रै निकालेर अनर्थ लगाउने काम गरेको जनाएका छन्।

">