देउवाको कार्यकाल थप गर्दै कांग्रेस, पौडेलका माग छुट्टै <p>कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरेसँगै १३ औं महाधिवेशनबाट २०७२ सालमा आएको देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न लागिएको छ। कांग्रेसको विधान अनुसार पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न गर्न नसकेको नेपाली कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि छ महिनाका लागि थप गर्ने भएकोछ।</p> <p>अर्को तर्फ संसद पुनर्स्थापनाको पक्षमा पार्टी बलियोसँग उभिनुपर्ने पौडेल र सिटौलाले माग गरिरहदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति र वरिष्ठ नेताबीच पुन विवाद बढेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्