काठमाडौं। नेपालका लागि जापानी राजदूत मासामिची साइगोले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेट गरेका छन्।
राजदूत साइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन्।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको बताए।
करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उनले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गरे। "जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्त्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु," उनले भने।
जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले जापानको सहयोगमा निर्माण सम्पन्न विपी राजमार्ग, निर्माणाधीन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताए।
"पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्त्वपूर्ण रहिआएको छ," उनले भने।
त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापानबाट नेपाल आउने पर्यटक, स्वयंसेवकमार्फत् दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने बताए।
उनले नेपालको संघीय संसद् र जापानको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय-समयमा हुने भ्रमण आदानप्रदानले सम्बन्धलाई प्रगाढ हुन सहयोग पुगेको बताए। "अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु," उनले भने।
भेटका अवसरमा राजदूत सइगोले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए। उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसद्बीच अनुभव आदानप्रदान भइरहेको बताए।
" /> काठमाडौं। नेपालका लागि जापानी राजदूत मासामिची साइगोले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेट गरेका छन्।राजदूत साइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन्।

">