विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। कुर्सीको लागि प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिइएको उनले आरोप लगाए।
"जनताले दिएको अभिमतअनुसार सरकारले लोकप्रिय काम गरिरहेको थियो। 'समृद्धि र सुखी नेपाली'को अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ। कुर्सीको लागि प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने काम भयो," विराटनगरमा प्रेस संगठन नेपालको प्रदेश १ स्तरीय भेलालाई आज सम्बोधन गर्दै उनले भने।
अपराधी करार गरेर आरोप लगाउने र राजनीतिलाई अस्थिर बनाउने काम गरेको उनको आरोप छ। "यही कारण ताजा जनादेशका लागि निर्वाचन आवश्यक रहेको छ," मुख्यमन्त्री राईले भने।
उनले मुख्यमन्त्री हटाएर प्रदेशमा अस्थिरता ल्याउने काम भएको बताए। "सडकमा आन्दोलन गर्दैमा लोकतन्त्र बलियो हुँदैन। लोकतन्त्रका लागि जनताको जनादेश नै उत्तम विकल्प हो," उनले भने, "मुख्यमन्त्री हटाउने प्रयास भए। प्रदेशमा अस्थिरता ल्याउने काम भएको छ।"
यो प्रयास असफल हुने बताउँदै मुख्यमन्त्री राईले निर्वाचनका लागि सहयोग गर्न पत्रकाहरुसँग आग्रह गरे।
" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। कुर्सीको लागि प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिइएको उनले आरोप लगाए।"जनताले दिएको अभिमतअनुसार सरकारले लोकप्रिय काम गरिरहेको थियो। 'समृद्धि र सुखी नेपाली'को अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ। कुर्सीको लागि प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने काम भयो," विराटनगरमा प्रेस संगठन नेपालको प्रदेश १ स्तरीय भेलालाई आज सम्बोधन गर्दै उनले भने।

">