काठमाडौँ। आज नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख हटाई नयाँ नियुक्ति गरेकोप्रति नेपाली कांग्रेसले विरोध र भर्त्सना गरेको छ।
आज कांग्रेसले एक विज्ञप्ति जारी गर्दै “स्वेच्छाचारी” ढङ्गले हेरफेर गरेकोमा आपत्ति जनाएको हो। “सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारका दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधि सभा विघटनपछि ‘काम चलाउ’को स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त र नियुक्ति गर्न नमिल्ने कांग्रेसले विज्ञप्तिमा जनाएको छ। यसप्रति विरोध जनाउँदै यस कार्यलाई अविलम्ब रोक्न कांग्रेसले सरकारलाई चेतावनी दिएको छ। अघिल्लो सरकारका पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरी स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेजस्तै पुनः यसपटक त्यही प्रवृत्ति दोहोर्याएको कांग्रेसको ठहर छ।
" /> काठमाडौँ। आज नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख हटाई नयाँ नियुक्ति गरेकोप्रति नेपाली कांग्रेसले विरोध र भर्त्सना गरेको छ।आज कांग्रेसले एक विज्ञप्ति जारी गर्दै “स्वेच्छाचारी” ढङ्गले हेरफेर गरेकोमा आपत्ति जनाएको हो। “सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारका दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ।

">