काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल - नेपाल - खनाल’ कम्पनीको संज्ञा दिएका छन्।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उनको आरोप छ।
प्रदेश १ को राजधानी विराटनगरमा आज ओली समूहको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताए।
उनले अब स्पष्ट रूपमा नेकपामा दुई कित्ता छुट्टिएको बताए। ओली नेतृत्वको नेकपाको कित्ता राष्ट्रवादी कित्ता भएको उनको दाबी छ।
“हाम्रो कित्ता राष्ट्रवादी कित्ता हो। राजीनितक स्थायित्व चाहनेको कित्ता हो। सुशासन पक्षधरको कित्ता हो। नेपाली जनताको भवष्यिलाई ध्यान राखेर मुलुक निर्माण गर्ने कित्ता हो,” मुख्यमन्त्री राईले भने, “खुमलटारमा दर्ता भएको दाहाल-नेपाल-खनाल कम्पनीको कित्ता मुलुकमा अस्थिरता सिर्जना गर्ने, तगारो हाल्ने राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्रीलाई अपदस्त गरेर, मुख्यमन्त्रीलाई अपदस्त गरेर अस्थितरा चाहने कित्ता हो।”
उनले ओली नेतृत्वको नेकपाले आगामी निर्वाचन जित्नुपर्ने बताए। फेरि एकपटक जनताले राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिको बाटोमा मुलुकलाई लैजान ओली नेतृत्वको नेकपालाई मतदान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल - नेपाल - खनाल’ कम्पनीको संज्ञा दिएका छन्।मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उनको आरोप छ।

">