काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मुलुक निर्वाचनमय भएको बताएका छन्।
धनगढी-काठमाडौं-बुटवल हुँदै विराटनगरमा उपस्थित जनसमुदायले निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको कदमलाई अनुमोदन गरेको जनाउँदै मुलुक निर्वाचनमय भएको बताएका हुन्।
विराटनगरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभामा नेकपाका संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आफ्नो निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गर्ने प्रधानमन्त्री ओली विश्वस्त भएको पनि जनाएका छन्।
“तपाईं जनताको यो उपस्थितिले निर्वाचनलाई अनुमोदन गरिसक्नुभएको छ, दलहरू पनि निर्वाचनमा लागिसकेका छन्, अब हामी सर्वोच्च अदालतको फैसाला कुरिराखेका छौं,” नेम्वाङले भने, “प्रधानमन्त्री ओली पनि निर्वाचनमा जाने निर्णयलाई सर्वोच्चले अनुमोदन गर्छ भन्नेमा विश्वस्त हुनुहुन्छ, मलाई उहाँप्रति विश्वास छ।”
उनका अनुसार सर्वोच्च अदालतले विघटनलाई सदर गर्दै निर्वाचनमा जाने प्रधानमन्त्रीको निर्णयलाई स्वीकार गर्नेछ।
नेम्वाङले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीविरुद्ध कुनै अविश्वासको प्रस्ताव नभएको मात्रै होइन, झन्डै दुई-तिहाइको मत कायम रहेको पुनः स्मरण गराएका छन्।
“प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीसँग झन्डै दुई-तिहाइ मत थियो, त्यो बेलासम्म सदनमा कुनै विरोध भएको थिएन, न त कुनै अविश्वासको प्रस्ताव पेश गरिएको थियो,” नेम्वाङले भने, “तर दुई-तिहाइको प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि बाध्य भएर प्रधानमन्त्रीले जनादेशमा जाने निर्णय लिनुभएको हो।”
संवैधानिक परिषद्को बैठक बस्न अवरोध गरेको, अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), नागरिकता विधेयकलगायत दजर्नौं विधेयक संसदीय समितिहरूमा अड्काउने गरेकाले काम गर्न अप्ठयारो भएको नेम्वाङको भनाइ छ।
" />काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मुलुक निर्वाचनमय भएको बताएका छन्।

">