काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा राजनीतिक स्थायित्व र अस्थिरताको अन्त्य निर्वाचनबाट मात्रै हुने बताएका छन्।
सोही कारण लोकतान्त्रिक विधिबाट निर्वाचन गराएर जनताको साथ लिँदै देशमा उत्पन्न अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्व प्राप्त गर्नेतर्फ सरकार केन्द्रित भएको उनले बताए। उनले वर्तमान संकटको कारक भने नेकपाको प्रचण्ड समूह रहेको आरोप लगाए।
“पार्टीको आन्तरिक पंक्तिबाट देशलाई अस्थिरताबारे लाने षड्यन्त्र रचियो। हाम्रो पार्टी पंक्तिभित्र लुकेका अवसरवादी, गुटवादी र पदलोलुपहरूले र अहिले यो असामान्य परिस्थितिमा बाहिरी र भित्री शक्तिहरू खेलिरहेका छन्,” मन्त्री थापाले भने, “उनीहरूको चाहना कसरी देशलाई अस्थिरतातर्फ धकेलेर विकासको प्रक्रियालाई अवरुद्ध गर्ने भन्ने छ, त्यसप्रति नागरिकहरू भने आक्रोशित छन्।”
राजवादीहरूलाई लक्षित गर्दै गृहमन्त्री थापाले वर्तमान स्थितिबाट प्रतिगमनकारीहरू उत्साहित भएको बताए। तै पनि देश नयाँ आन्दोलन, अभियान र दिशामा अगाडि बढिरहेको उनको भनाइ छ।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा राजनीतिक स्थायित्व र अस्थिरताको अन्त्य निर्वाचनबाट मात्रै हुने बताएका छन्।सोही कारण लोकतान्त्रिक विधिबाट निर्वाचन गराएर जनताको साथ लिँदै देशमा उत्पन्न अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्व प्राप्त गर्नेतर्फ सरकार केन्द्रित भएको उनले बताए। उनले वर्तमान संकटको कारक भने नेकपाको प्रचण्ड समूह रहेको आरोप लगाए।

">